हाम्रो बारेमा
ऐतिहासिक काल देखि नै जनतासँग प्रत्यक्ष सरोकार रहने घर जग्गा जस्ता श्रीसम्पतिको संरक्षण गर्ने, अभिलेख राख्ने भुमिकर असुल गरी राज्यको राजश्व वृद्धि गर्ने उद्देश्यको साथ प्राचीनकाल देखि नै भूमि प्रशासन कार्यालय, कोष तथा तहसिल कार्यालय, माल अड्डा जस्ता कार्यालयहरु स्थापना भएको पार्इन्छ ।
यसैगरी जग्गा वाडफाँड, कुत वाली निर्धारण, मोहि कायम तथा निष्कासन, लगतकट्टा, अनवार्य वचत, हदवन्दी कायम जस्ता कार्यको लागि भूमिसुधार कार्यालयको स्थापना भएको पार्इन्छ । भूमिसुधार ऐन २०२१ लागु भए पश्चात प्रत्येक जिल्लामा जिल्ला भूमिसुधार कार्यालय स्थापना गरिएको साथै मालपोत ऐन २०३४ लागु भए पश्चात प्रत्येक जिल्लामा एक-एकवटा मालपोत कार्यालयको स्थापना भै हाल कतिपय जिल्लाहरुमा थप कार्यालय समेत स्थापना गरिएको छ ।
मालपाेत कार्यालय रामपुरकाे परिचयः-
पाल्पा जिल्लाकाे पूर्वी क्षेत्रमा रहेका साविक १२ गा.वि.स. र हालकाे १ न.पा.(रामपुर न.पा.), निस्दी गा.पा.काे ७ नं. वडा बाहेकका सबै वडाहरू र पूर्वखाेला गा.पा.काे वडा नं. १ मात्रलार्इ सेवा क्षेत्र ताेकी मिति २०७१ मंसिर १५ गते कार्यालय स्थापना भएकाे तत् पश्चात् यस कार्यालयबाट सेवा संचालन हुँदै अाएकाे ।
विगत द्वन्दकालमा 2062/10/18 गते पाल्पा मालपाेत कार्यालय समेत अागलागीमा परि जनताकाे सम्पत्तीकाे रूपमा रहेका सम्पूर्ण श्रेस्ताहरू जली, कार्यालय रेकर्ड विहीन भएकाेमा जनतासँग भएकाे प्रमाणहरूकाे अाधारमा श्रेस्ता कायम गर्ने कार्य विगत देखी सुरू भर्इ हालसम्म पनि पूर्ण रूपमा अद्यावधिक भर्इ नसकेकाे अवस्था रहेकाे ।
गुठी कार्यालय नरहेकाे हुँदा यस क्षेत्रका गुठीहरूकाे प्रशासन यसै कार्यालयबाट सम्पादन भर्इ अाएकाे छ।

